अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 00:03

सिरोहियाको रिटमा सर्वोच्चले गृह मन्त्रालयसँग माग्यो लिखित जवाफ

बिआरटीनेपाल २०८१ वैशाख २५ गते ७:०५ मा प्रकाशित

सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि धरपकड र उनको नागरिकता छानबिन गर्नुपर्ने कारण पेस गर्न गृह मन्त्रालयका नाममा आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृह मन्त्रालयलगायत जिल्ला प्रहरी कार्यालय धनुषाको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

सिरोहियाले अन्तरिम आदेशसमेत माग गरेको भन्दै सर्वोच्च अदालतले त्यसबारे छलफल गर्न आगामी शुक्रबार (२८ वैशाख)मा अन्तरिम आदेश छलफलका लागि झिकाउन आदेश दिएको छ । सरकारले आफूमाथि धरपकड गर्न खोजेको भन्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।

आफ्नो नागरिकता छानबिनका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको र त्यसक्रममा धरपकड हुनसक्ने भन्दै उहाँले त्यसलाई रोक्न अन्तरिम आदेशको माग गर्नुभएको थियो । आफूले सञ्चालन गरेको सञ्चार माध्यमको सामग्रीका कारण आफूमाथि प्रतिशोध साँध्न खोजिएको र नागरिकताको बहानामा आफूलाई पक्राउ गरी हतोत्साहित गर्न खोजिएको सिरोहियााको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय