अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 10:41

सत्ता समीकरण भत्काउन विदेशी शक्ति लागेका छन् : अध्यक्ष ओली

बिआरटीनेपाल २०८१ वैशाख २१ गते ६:५४ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरण भत्काउन देशी विदेशी शक्ति लागि परेको बताउनुभएको छ । वर्तमान समीकरण भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरू लागेको उहाँले आरोप लगाउनुभयो । पश्चिम नवलपरासी एमालेको ९ औं जिल्ला अधिवेशनको शुक्रवार परासीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

समीकरणले जनतालाई विकास र समृद्धिको बाटोतर्फ अगाडि बढाउने उल्लेख गर्दै उहाँले २०८४ को चुनावमा एमाले थप मजबुत बनेर आउने जिकिर गर्नुभयो । पार्टी भित्रको एकतालाई थप मजबुत बनाउन नेता र कार्यकर्तालाई ओलीले निर्देशन समेत दिनुभयो । जिल्ला अधिवेशनमा सहमतिको नाममा नलम्ब्याउन निर्देशन दिँदै उहाँले इच्छा भएका साथीहरूबीच लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

ओलीले शुक्रवार सुस्ताको नारायणी नदीमा निर्माणाधीन पुल, रामग्राम स्तुप र पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको गजेन्द्र मोक्ष धामको अवलोकन गर्नुभएको थियो । ४२६ प्रतिनिधि सहभागी रहेको अधिवेशनले १०५ जनाको जिल्ला कमिटी चयन गर्नेछ । वर्तमान अध्यक्ष दीपेन्द्र अधिकारी र वर्तमान सचिव धिरज शर्मा अध्यक्षमा आकांक्षी देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय