अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 17:31

अबको दशक आन्तरिक रोजगारी दशक हुनेछ : मन्त्री अर्याल

बिआरटीनेपाल २०८१ वैशाख १९ गते ५:०७ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रुपमा मनाउने बताउनुभएको छ । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा मन्त्री अर्यालले यस्तो बताउनुभएको हो ।

मन्त्री अर्यालले आन्तरिक रोजगारी सिर्जना गर्न र देशभित्रै रोजगारी स्थापना गर्नका लागि सानासाना व्यवसायहरुमा पनि जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले सिपलाई अबको एक दशक देशमा सिपमुलक तालिमहरु दिनुपर्ने बताउनुभयो । उहाँले सोहीअनुसार मन्त्रालयले योजना बनाइ काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा जानेहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिरहेको बताउनुभयो ।

मन्त्री अर्यालले देश समृद्ध बनाउन स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा नीति र बजारको माग नमिलेकाले अहिलेको प्रविधियुक्त मागलाई परिपूर्ति गर्नेगरी काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू