अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 02:40

आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक : राष्ट्रपति पौडेल

बिआरटीनेपाल २०८१ वैशाख १३ गते ७:५६ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताउनुभएको छ । बिहीबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा काठमाडौंमा सुरु भएको चाथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले उर्जाको उत्पादन र निर्यात बढ्दो रहनु देशका लागि खुशीको कुरा भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपाल सरकार र निजी क्षेत्रको सहकार्य, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको बताउनुभयो । उहाँले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि निरन्तर क्रियाशिल रहनुपर्ने बताउनुभयो । उहाँले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताउनुभयो । उहाँले संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको उल्लेख गर्दै सरकारले ऐन, कानून, नीति निर्माणमा सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले सरकारले गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालले हिमलय हाइड्रो एक्स्पो आयोजना गर्नु सह्रानिय रहेको बताउनु भयो । एक्स्पोले सामुहिक सहकार्य र हातेमालो गर्ने अवसरको सिर्जना गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू