अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९
| Colorodo: 23:44
संयुक्त राष्ट्रसंघका अधिकारीहरुले गाजाको एक अस्पतालमा सामुहिक चिहान भेटिएको घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । गाजाको खान युनिस शहरमा रहेको नासेर अस्पतालमा तीन सय जनाको साुमहिक चिहान फेला परेपछि राष्ट्रसंघका मानव अधिकार हेर्ने अधिकारीले न्यायिक छानबिनको माग गरेका हुन् ।
हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीका अनुसार गाजाको खान युनिसको नासेर अस्पताल परिसरबाट तीन सय बढी शव गाडिएको अवस्थामा फेला परेको हो ।इजरायली सेनाले आक्रमणका क्रममा सो अस्पताल नियन्त्रणमा लिइ हत्या गरी शव गाडेको अनुमान गरिएको छ । गाडिएका शवहररुमा महिला र बालबालिकाको संख्या अत्यधिक छ । सन् २०२३ को अक्टोबरमा इजरायलमा हमासले आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही गरिरहेको छ ।