अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४७
| Colorodo: 10:02
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध १९ लाख दुई हजार दुई सय ३७ रुपैयाँकाे भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार घिमिरेले वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत रहँदा आर्थिक वर्ष २०६८/०६९ देखि कार्यरत बैंकको रकम अपचलन तथा हिनामिना गरेको पाइएको छ । आयोगले विशेष अदालत काठमाण्डौमा आज आरोपपत्र दायर गरेको हो ।
अधिकारीले नक्कली सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको साँवा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ ।