अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२
| Colorodo: 07:37
कविता
पञ्चतत्वले ठडिएको
सप्तरङ्गले रङ्गिएको
कुरूप शरीर
स्वरूप पारी
आँखा र कपाल
आफैँ भित्र टाँसी
रङ्गीन पोशाकमा
सजिँदै धजिँदै
मोडेल भएको छ
आजको मान्छे ।
माटोको शरीर
माटोमै मिल्छ
रङ्गीन सपना
धुवा भई उड्छ
आत्माबिनाको
मान्छे हौ तिमी
मोडल थियौ
मोडल भइ ढल्छौ!!
ठडिएको मोडलमा
स्वार्थ हुँदैन
गाँस र बाँसको परिधि हुँदैन।
जसोतसो दिनभरि उभिन्छ।
रात परेपछि आफै भित्र खुम्चिन्छ!!
के फरक भयो र..?
तिमी र मोडलमा?
स्वार्थको पगरी
तिमीले लगायौ
मानवको नाम
तिमीले भजायौ!!
आडम्बरीको खोल ओडी
आफूभित्रको मानवता बेची
मोडल तिमी हौ
आजको युगको
मानव तिमी
भन किन यस्तो….?
बकैया -09
मकवानपुर