अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 09:49

जीन सम्पादन गरेर सङ्क्रमित कोषबाट एचआईभी हटाउन सकिने वैज्ञानिकहरूको दाबी

बिआरटीनेपाल २०८० चैत ७ गते ८:०१ मा प्रकाशित

वैज्ञानिकहरूले एचाईभी–सङ्क्रमित कोषहरूबाट भाइरसलाई सफलतापूर्वक हटाउन सकिएको दाबी गरेका छन् । सङ्क्रमित कोषलाई एचआईभीमुक्त गर्न उनीहरूले क्रिस्पर जीन सम्पादन विधि प्रयोग गरेका बीबीसीले जनाएको छ ।

नोबेल पुरस्कार जितेको क्रिस्पर जीन सम्पादन विधिले सुक्ष्म तहमा कोषहरू काट्ने काम गर्छ । जीन सम्पादन गर्दा डीएनए काट्न र त्यहाँ भएको विकृत भागलाई हटाउन वा निष्क्रिय पार्न सकिन्छ । वैज्ञानिकहरूले पूरै शरीरलाई एचआईभीमुक्त पार्न सकिने आशा व्यक्त गरेका छन् । तर त्यसो गर्नु सुरक्षित र प्रभावकारी हुन्छ भन्ने सुनिश्चित गर्न अझै धेरै काम गर्न बाँकी रहेको अध्ययनमा संलग्न वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले उपलब्ध औषधिहरूले एचआईभीको वृद्धिलाई रोकिदिन सक्छन् । तर युनिभर्सिटी अफ एम्स्टर्ड्यामका वैज्ञानिकहरूको नयाँ प्रयोगले एचआईभी हटाउनै सकिने देखाएको हो । तर यो थालनीमात्रै भएकाले अझै धेरै परीक्षण आवश्यक रहेको अध्ययनमा संलग्नहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू