अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 13:25

हुथी विद्रोहीको आक्रमणमा कार्गो पानीजहाजका दुई मारिए

बिआरटीनेपाल २०८० फागुन २४ गते ४:५१ मा प्रकाशित

दक्षिणी यमनको एक कार्गो पानी जहाजमा हुथी मिसाइल आक्रमणमा परि चालक दलका दुई जना सदस्य मारिएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार व्यापारीक पानीजहाजहरूमा हुथी विद्रोहीको आक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।क्यारेबियन टापु बार्बाडोसको झण्डा लगाइएको ‘ट्रु कन्फीडेन्स’ नामको उक्त पानी जहाज हिन्द महासागरस्थित अडेनको खाडीमा आइपुग्दा हुथी विद्रोहीले धावा बोलेका थिए ।

हुथीहरूले गाजापट्टीमा इजरायल र हमास बीचको युद्धमा प्यालेस्टाइनीहरूलाई समर्थन गर्न पश्चिमा कार्गोहरुलाई निशाना बनाइरहेको दाबी गरिरहेका छन् । घटनामा परि चालक दलका ६ जना सदस्य घाइते भएका छन् । जहाजमा एक भारतीय, चार भियतनामी र १५ फिलिपिनो नागरिकसहित २० जनाको चालक दल थियो । जहाजमा रहेका दुई जना श्रीलंकन र एक जना नेपाली सुरक्षा गार्ड भने सकुशल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू