अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 05:07

नेपाल–अस्ट्रेलियाबीच व्यापार र लगानीसम्बन्धी सम्झाैता

बिआरटीनेपाल २०८० माघ २६ गते ६:१४ मा प्रकाशित

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा सम्झौता भएको उहाँको सचिवालयले जनाएको छ । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षरपछि दुवै देशका परराष्ट्रमन्त्रीले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउन सम्झौता महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

सम्झौतामा हस्ताक्षर गर्नुभएका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताउनुभयो । ‘अस्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्र हुन् । हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अस्ट्रेलियालीको समुदाय तीव्ररूपमा बढिरहेको छ’, सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू