अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७ | Colorodo: 23:32

युक्रेनमा सेना प्रमुख फेरिए

बिआरटीनेपाल २०८० माघ २६ गते ६:०८ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गर्नुभएको छ ।रुससँगको युद्धबारे कठोर नीति लिनुहुने जनरल ओलेक्सान्डर सिस्र्की लाई नयाँ सेना प्रमुख घोषणा गरिएको छ । फेब्रअरी २०२२ मा रुसले पूर्ण मात्रामा आक्रमण थालेयता युक्रेनको सैन्य नेतृत्वमा यो सबैभन्दा ठूलो परिवर्तन हो ।

राष्ट्रपति जेलेन्स्कीले उच्च कमाण्डलाई “नविकरण’’ गर्न आवश्यक रहेको र जनरल जालुज्नी पनि नयाँ “टोलीमा रहन सक्ने’’ बताउनुभयो । बर्खास्त गरिएका सेना प्रमुख जालुज्नीको पब्लीक रेटिङ राष्ट्रपति जेलेन्स्कीको भन्दा राम्रो थियो । नयाँ सेना प्रमुख जनरल सिस्र्की सँग रक्षात्मक र आक्रामक दुवै युद्धको अनुभव रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू