अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 23:43

सामसुङका प्रमुख जे–योङलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ

बिआरटीनेपाल २०८० माघ २३ गते ५:०५ मा प्रकाशित

दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई विवादास्पद कम्पनी एकीकरणको शेयरसँग सम्बन्धित मुद्दामा सफाइ दिएको छ ।सन् २०१५ मा निर्माण तथा इञ्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच एकीकरण भएको थियो । सियोल सेन्ट्रल डिस्ट्रिक्ट अदालतले एकीकरण अर्थात् मर्जरको माध्यमबाट शेयरधनीलाई हानि पुर्याउने मनसाय नदेखिएको ठहर गरेको योनहाप समाचार एजेन्सीले जनाएको छ।

मर्जरमा शेयर मूल्यमा धाँधली, विश्वासघात र लेखासम्बन्धी भ्रष्टाचारलगायत विभिन्न आरोपमा मुद्दा दायर भएको थियो । फैसलाले एकीकरणका क्रममा कम्पनीहरूको शेयर विभाजन वैध थियो भन्ने ठहर गरेको छ । जालसाजी र अनियमितताको मुद्दामा जेल सजाय भुक्तान गरिसकेका ली सामसुङ इलेक्ट्रोनिक्सका वर्तमान कार्यकारी अध्यक्ष हुनुहुन्छ । अदालतले विवेकपूर्ण निर्णय गरेको लीका वकिलले आदेशपछि निकालेको संक्षिप्त वक्तव्यमा उल्लेख छ । मुद्दाबारे पहिलो पटक सुनुवाइ शुरु भएको झण्डै तीन वर्षपछि फैसला आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू