अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७
| Colorodo: 08:02
हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० विन्दुमा झरेको छ ।
आज विकास बैंक, फाइनान्स र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज मिथिला लघुवित्त र रावा इनर्जी कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ ।
आज ९२ लाख ७२ हजार सात सय कित्ता शेयर तीन अर्ब २१ करोड ६७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ३३ करोड ५८ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।