अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 07:59

विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ तर, अझै जोखिम कायम: आईएमएफ

बिआरटीनेपाल २०८० माघ २० गते ७:०० मा प्रकाशित

अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरे पनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक रहेको जनाएको छ ।आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेको तर सम्भावित जोखिम भने अझै रहेको बताउनुभयो । वासिङ्टन डी।सी।मा रहेको आइएमएफको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आइएमएफ प्रमुख जर्जिएवाले रूस–युक्रेन र इजरायल–हमासबीच द्वन्द्व जारी रहँदा जटिल भूराजनीतिक अवस्थाले अझै पनि विश्वव्यापी आर्थिक परिदृश्यमा अनिश्चितता ल्याएको बताउनुभयो ।

आईएमएफले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धिको अनुमान ३.१ प्रतिशतमा पुर्याएको छ । सन् २०२३ को अक्टोबरमा गरिएको अनुमानभन्दा यो ०.२ प्रतिशत बढी हो । मध्यपूर्वको ढुवानी अवरोधबारे बोल्दै उहाँले जनवरीमा स्वेज नहरमा जाने कार्गो एक वर्ष अघिको तुलनामा ४३ प्रतिशतले घटेको बताउँदै यसले सम्बन्धित मुलुकको अर्थतन्त्रमा धक्का दिएको बताउनुभयो । उहाँले मौद्रिक नीतिमा निर्धारित समयभन्दा अगाडि तथा पछाडि हुन सक्ने जोखिमका साथै विस्तारित अवधिका लागि उच्च ब्याज दरहरू कायम राख्ने जोखिम उल्लेख गर्नुभयो ।

आवश्यकभन्दा लामो समयसम्म ब्याज दरहरू राख्ने जोखिम अमेरिकी अर्थतन्त्रका लागि मात्र नभई विश्वव्यापी अर्थतन्त्रका लागि समेत जोखिम रहेको उहाँको भनाई छ । जर्जिएवाले पछिल्लो समय उदीयमान अर्थतन्त्रहरूले मुद्रास्फीतिलाई लक्ष्यमा ल्याएको बताउँदै परिणामस्वरूप निर्धारित समयअगावै कम ब्याज दरमा सर्ने र अमेरिकी दर उच्च रहेमा यसले विनिमय दरहरूलाई असर गरी अन्य देशलाई नकारात्मक प्रभाव छोड्नसक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू