अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 03:31

माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्षी सांसदबीच झडप

बिआरटीनेपाल २०८० माघ १५ गते ४:२५ मा प्रकाशित

माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्ष सांसदहरूबीच झडप भएको छ।नवगठित मोहम्मद मुइज्जुको सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै तीव्र आलोचना भइरहँदा आइतबारको संसद बैठकमा विपक्षी र सत्तापक्षी सांसदबीच हानाहान भएको हो।मुइज्जुको सरकारले मन्त्रिपरिषदमा चार सदस्य थप्ने प्रस्ताव गरेपछि विपक्षी सांसदले विरोध जनाएका थिए। विपक्षी सांसदहरूले उक्त प्रस्तावमा विरोध जनाएपछि सत्तापक्षी सांसदहरू आक्रोशित भएका थिए।  त्यसपछि संसदमै सत्तापक्ष पिपुल्स नेशनल कंग्रेस र विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडिपी) बीच झडप भएको हो।

आइतबार संसदमा भएको झडपको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।झडपकैबीच विपक्षी सांसदहरूले सभामुखको कानमा हर्न बजाएका थिए। त्यतिबेला सभामुख मोहम्मद अस्लामले दुवै कान थुनेका थिए। केही सांसदहरूको टाउकोमा चोट लागेको छ। एकजना सांसदलाई अस्पताल नै लगिएको बिबिसीले उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू