अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 03:45

प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन

बिआरटीनेपाल २०८० माघ १४ गते ५:५६ मा प्रकाशित

प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन भएको छ । हुथी वरिष्ठ अधिकारीहरूमाथि अमेरिकी–ब्रिटिश प्रतिवन्धहरू अस्वीकार गर्दै र उत्तरी यमनमा हवाई आक्रमणको निन्दा गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । सहभागीहरूले प्यालेस्टिनी–यमनी झण्डा फहराएका थिए । हुथी नेताहरूको तस्बिरसहितका प्लेकार्ड बोकेका थिए भने अमेरिका र इजरायलविरुद्ध नारा लगाएका थिए ।

एक प्रदर्शनकारी हातम अल–महाकरीले गाजाका उत्पीडित जनताको साथमा उभिन र उनीहरूको पीडा बाँड्न आफूहरुले आन्दोलन गर्नुपरेको बताएका छन् ।हुथी सेनाका प्रवक्ता याह्या सारियाले नौसेनाले अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्कर मार्लिन लुआण्डामा धेरै मिसाइलहरू प्रहार गरेको बताउनुभएको थियो । संयुक्त राज्य अमेरिकाले जनवरी १७ मा हुथी समूहलाई विश्वव्यापी आतंकवादीको रूपमा पुनः नामाङ्कित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू