अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८ | Colorodo: 16:13

देशको उत्थान हामी आफैबाट हुने हो, अरुले आएर गरिदिने हैनः पूर्वराजा शाह

बिआरटीनेपाल २०८० माघ १३ गते ६:२० मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विकास र उत्थानका लागि आफै लाग्नुपर्ने बताउनुभएको छ । शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले देशको समस्याको निराकरण आफूैले गर्नुपर्ने बताउनुभएको हो । शाहले भन्नुभयो,’देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ – हामीमाथि आह्वान पनि छ। म भन्छु — हामी हाम्रा पुर्खाको पौरख नभुलौं, हामी, यही बसौं , यही आफ्नो जन्भभूमीका लागि मरिमेटौं। हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण – हामी आफैबाट हुने हो। अरुले आएर गरिदिने हैन।’

अहिले हिमाल, पहाड र तराईं उजाड बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पूर्वराजा शाहले आफ्नो घर उजाड पारेर अरुको उन्नतीमा आफ्नो श्रम पसिना लगाउने अब बेला नभएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,’आफ्नो घर उजाड पारेर अरुको उन्नतीमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो। आफ्नो क्षमता, आफ्नै घरद्वार, आफ्नै गाउँबस्ती र आफ्नै बनाउनेतिर अब हामी लाग्नै पर्छ। यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ।’

शाहले देशमा अब निषेधको राजनीति गर्न नहुनेमा जोड दिनुभयो। ‘ हामी भूगोल र भू बनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली। त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौं। हामी सबैको भलाइ यसैमा छ,’ उहाँले भन्नुभयो । साथै पूर्वराजा शाहले २०५८ जेठ १९ गतेको राजदरबारमा भएको घटनाबारे जनतामा भ्रम फैलाएर नकारात्मक भावना फैलाउने काम भएको टिप्पणी गर्नुभयो। उक्त घटनालाई लिएर आफ्नो परिवारप्रति घातक प्रहारहरु भएको उहाँको भनाइ थियो ।

‘जेठ १९, २०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएका थियो,’ उशनहले भन्नुभयो, ‘हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए। सत्य सधैं सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय