अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८
| Colorodo: 03:23
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटोमा स्वीडेनको सदस्यतालाई अनुमोदन गर्नुभएको छ। टर्की संसदले पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने स्वीडेनको प्रस्तावलाई अनुमोदन गर्ने विधेयक पारित गरेको दुई दिनपछि एर्दोगानले आधिकारिक राजपत्रमा कानुन प्रकाशित गर्नुभएको हो । टर्कीको संसदले ग्राण्ड नेशनल एसेम्बलीमा भएको बहसपछि विधेयकमा मतदान गरेको हो ।
मतदानमा ३ सय ४६ सांसदले भाग लिएका थिए जसमा पक्षमा २ सय ८७, विपक्षमा ५५ र अनुपस्थित चार मत परेका थिए । रुसले २०२२ मा युक्रेनमा आफ्नो सैन्य अभियान शुरु गरेपछि स्वीडेन र फिनल्याण्डले नेटोमा सामेल हुन आवेदन दिएका थिए । अब स्वीडेनलाई नेटोमा सदस्य बन्ने बाटो खुलेको छ।