अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 03:45

इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी

बिआरटीनेपाल २०८० माघ १२ गते ५:५३ मा प्रकाशित

अन्तर्राष्ट्रिय उच्च अदालतले इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघको उच्च अदालतले गाजामा सैनिक गतिविधि रोक्न आपतकालीन विधि अपनाएर आदेश दिन सक्ने अनुमान गरिएको हो ।दक्षिण अफिक्राले इजरायलले गाजापट्टीमा नरसंहार मच्चाएको भन्दै दायर गरेको मुद्दाको सुनुवाइका क्रममा यस्तो आदेशको संभावना रहेको बीबीसीले जनाएको छ ।

दुई साताअघि सुरु भएको मुद्दामा दुवै पक्षले आफ्ना दलिल पेश गरिसकेका छन् । इजरायले अफ्रिकाले लगाएको नरसंहारको आरोप अस्वीकार गरेको छ ।अदालतको यो निर्णय बाध्यकारी गर्न नसकिने भएपनि अन्तर्राष्ट्रिय न्यायालय विपक्षमा जानु राजनीतिक रूपमा महत्वपूर्ण ठहरिने छ । युद्ध सुरु भएयता गाजापट्टीमा ज्यान गुमाउनेको संख्या २५ हजार बढी नाघिसकेको छ । हजारौं घाइते भएका छन् । आक्रमणमा अधिकांशतः महिला र बालबालिका शिकार बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू