अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

राष्ट्रियसभा निर्वाचन शान्तिपूर्ण सम्पन्न : निर्वाचन आयोग

बिआरटीनेपाल २०८० माघ ११ गते ६:१५ मा प्रकाशित

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ। मतदान सकिएलगत्तै आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको जानकारी गराएको हो। बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयहरुबाट प्राप्त विवरण अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यमध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान गरी १०० प्रतिशत मत खसेको जानकारी दिएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेश प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ १०७ जना मतदाता रहेकोमा १०६ जनाले मतदान गरी ९९।०७ प्रतिशत मत खसेको छ। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २६७ मतदाता रहेकोमा २६७ जनाले नै मतदान गरी १०० प्रतिशत मतदान भएको हो । मधेश प्रदेशतर्फ कूल मतदाता ३७४ मा ३७३ जनाले मतदान गरेकोले ९९.७३ प्रतिशत मतदान भएको छ । बागमती प्रदेशमा प्रदेश सभाका सदस्य तर्फ ११० जना मतदाता रहेकोमा १०८ जनाले मतदान गरेका छन्। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २३७ मतदाता रहेकोमा ३३४ जनाले मतदान गरी ९८.७३ प्रतिशत मतदान भएको छ । यसरी बागमती प्रदेशमा ९८।५६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

गण्डकी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ६० जना मतदाता रहेकोमा ६० जनाले नै मतदान गरी १०० प्रतिशत मतदान भएको छ। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ जनाले मतदान गरी ९९.४१ प्रतिशत मतदान भएको हो । लुम्विनी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ८७ जना मतदाता रहेकोमा ८७ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २१८ मतदाता रहेकोमा २१६ जनाले मतदान गरी ९९।०८ प्रतिशत मतदान भएको छ । यसरी लुम्बिनी प्रदेशतर्फ कूल मतदाता ३०५ मा ३०३ जनाले मतदान गरेकोले ९९.३४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

कर्णाली प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ४० जना मतदाता रहेकोमा ४० जनाले नै मतदान गरे। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १५६ मतदाता रहेकोमा १५६ जनाले नै मतदान गरी १०० प्रतिशत मतदान भएको हो। यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५२ जना मतदाता रहेकोमा ५२ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७६ मतदाता रहेकोमा १७३ जनाले मतदान गरी ९८।३० प्रतिशत मतदान भएको छ । यसरी सुदूरपश्चिम प्रदेशतर्फ कूल मतदाता २२८ मा २२५ जनाले मतदान गरेकोले ९८.६८ प्रतिशत मतदान भएको छ ।

यसरी सातै प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५४९ जना मतदाता रहेकोमा ५४६ जनाले मतदान गरी ९९.४५ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १४९७ मतदाता रहेकोमा १४८६ जनाले मतदान गरी ९९.२७ प्रतिशत मतदान भएको छ । यसरी सबै प्रदेशतर्फ कूल मतदाता २०४६ मा २०३२ जनाले मतदान गरेकाले ९९.३२ प्रतिशत मतदान भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय