अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 03:35

चीनमा आगलागीमा हुँदा ३९ जनाको मृत्यु

बिआरटीनेपाल २०८० माघ ११ गते ५:३१ मा प्रकाशित

चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र अझै केही मानिस आगलागीमा फसेका बीबीसीको खबरमा उल्लेख छ । आगलागी पछि चिनियाँ राष्ट्रपति सी जिनपिङले विज्ञप्ति निकालेर देशमा पहिरो, आगलागीलगायतका आकस्मिक दुर्घटना बढिरहेकाले यसको नियन्त्रणका लागि डटेर लड्न सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ ।

उहाँले मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा तथा समग्र सामाजिक स्थिरता सुनिश्चित गर्नका लागि बारम्बार भइरहेका यस्ता दुर्घटनाहरूलाई रोकथाम गर्न आवश्यक रहेको बताउनुभएको छ । यसअघि युनान प्रान्तमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सख्या ३१ पुगेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू