अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

संक्रमणकालीन न्याय सहमतिबाटै टुंग्याउँने प्रधानमन्त्री प्रचण्डको दाबी

बिआरटीनेपाल २०८० माघ ७ गते ५:४० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरुको सहमतिबाटै टुंग्याउने बताउनुभएको छ । आइतवार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको र राजनीतिक दलका नेताहरुसँग आफूले वार्ता गरिसकेको भन्दै हिउँदे अधिवेशनको पहिलो दिन नै प्राथमिकताका साथ सदनमा पेस गर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले अब गति लिने दाबी गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘टिआरसीबारे सबै छलफल र तयारी गरेका छौँ । संसदको उपसमितिबाट टुंग्याएर त्यो समितिमा गएको छ । अब फुल हाउसमा लैजाने तयारी छ । सदन खुल्ने बित्तिकै टिआरसी विधेयकलाई प्राथमिकताका साथ राखिन्छ र टुंग्याइन्छ । टुंग्याउने कुरा सहमतिबाट टुंग्याउन मेरो पूरै कोशिस छ । राजनीतिक दलका नेताहरुसँग मैले लगातार वार्ता गरेको छु । मलाई विश्वास छ, अन्तिममा सहमतिबाट नै टिआरसी विधेयक टुंगिन्छ । शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले गति लिन्छ ।’

प्रधानमन्त्रीले एक वर्षे उपलब्धी सार्वजनिक गर्दाको सम्बोधन अनुसार नै काम अघि बढाइरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय