अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 05:25

खडेरीका कारण काबुलका बासिन्दा पानी लिन घण्टौँ लाइनमा बस्न बाध्य

बिआरटीनेपाल २०८० माघ ७ गते ५:१२ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा खडेरीका कारण मानिसहरू पानी लिन घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।काबुलको पश्चिमी क्षेत्रमा रहेको स्थानीय मस्जिदको इनार अगाडि घण्टौँ कुर्नु परेपछि स्थानीय रजब रेजाईले आक्रोश व्यक्त गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । रेजाईले आफ्नो परिवारमा १० जना रहेका र पानी लिन बिहानदेखि मध्यरातसम्म लाइनमा बस्नुपरेको गुनासो गर्नुभयो ।

४ वटा मस्जिदका इनारबाट दैनिक उपभोगका लागि ३ हजार ५ सयभन्दा बढी परिवारले पानी लिने गरेका खबरमा उल्लेख छ । रेज रासन क्षेत्रको एउटा मात्र इनारबाट ८ सय परिवारले पानी लिने गरेका छन् । युद्धग्रस्त अफगानिस्तान वर्षाैँदेखि खडेरीको चपेटामा परेको छ । राज्यद्वारा सञ्चालित खानेपानी सञ्जालले स्थानीयवासीलाई नियमित पानी आपूर्ति गर्न सकिरहेका छैनन् । ऊर्जा र पानी मन्त्रालयका प्रवक्ता कारी मतिउल्लाह अबिदले खडेरी भइरहे आन्तरिक बसाइँसराइको बढ्न सक्ने चेतावनी पनि दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू