अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६
| Colorodo: 07:41
दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको एउटा खानी गाउँमा बिहीवार पहिरो खस्दा कम्तिमा सात जनाको मृत्यु भएको छ । अन्य चार जना बेपत्ता भएका छन् । नागरिक रक्षा कार्यालयका क्षेत्रीय निर्देशक एडनार दयाङहिराङले पहिरोले घर पुरिँदा पाँच बालबालिका र दुई वयस्कको मृत्यु भएको र एक वर्षीय बालकसहित दुई जना गम्भीर घाइते भएको बताउनु भयो । उद्धारकर्ताहरूले मृतकको शव निकालेका छन् ।
भारी वर्षा जारी रहेको र यस क्षेत्रका धेरै ठाउँमा बाढीको खतरा रहेको निर्देशक दयाङहिराङले बताउनु भयो । राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्ले मिन्डानाओ टापुको डाभाओ क्षेत्रका चार प्रान्तमा भारी वर्षाका कारण झन्डै ४५ हजार परिवार वा १ लाख ८७ हजारभन्दा बढी मानिस बाढी र पहिरोबाट प्रभावित भएको जनाएको छ ।