अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२
| Colorodo: 14:27
वरिष्ठ गायक योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । गायक तथा संगीतकार वैद्यको गतराति निधन भएको हो । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको बिहीबार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको संगीतकार टीका भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
उहाँले स्वरवद्ध गर्नुभएको ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । गायक वैद्यले नेवारी भाषामा समेत चर्चित गीतहरू गाउनु भएको छ । उहाँको पार्थिव शरीरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
