अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८० माघ ४ गते ७:०७ मा प्रकाशित

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभएको छ ।बिहीबार स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले देशलाई कुनैपनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताउनुभएकाे हाे ।

उहाँले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले उत्पादन वृद्धि, आयात प्रतिष्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढीरहेको बताउनुभयो । विकासको प्रक्रियालाई नयाँ र तिब्रतासहति अहिले सरकारले काम गरिरहरेको उहाँकाे भनाइ छ ।सुशासन प्रभावकारी बनाउने र इकोनोमि एक्टिभिटी बनाउने काममा सरकार लागिपरेको भन्दै उहाँले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरुलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताउनुभयो।

उपप्रधानमन्त्री श्रेष्ठले उर्जा क्षेत्रलाई फड्कोकारी रुपमा विकास गर्ने नीति सरकारले लिएको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकास र समृद्धिको यात्रा तिब्र बनाइ लगानी भित्र्याउनका लागि सरकारले सुरक्षामा कुनै कमी हुन नदिने बताउनुभयो । निर्माण प्रक्रियालाई तिब्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय