अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 07:49

चीनको जनसङ्ख्यामा लगातार दोस्रो वर्ष पनि कमी

बिआरटीनेपाल २०८० माघ ३ गते ५:३८ मा प्रकाशित

चीनको जनसङ्ख्यामा लगातार दोस्रो वर्ष पनि कमी आएको छ । योसँगै विश्वको दोस्रो ठूलो अर्थव्यवस्थाको भविष्यको विकासलाई लिएर चिन्ता बढेको बीबीसीले जनाएको छ ।विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश गएको वर्ष पनि दोस्रो स्थानमा आएको थियो भने भारत शीर्षस्थानमा पुगेको थियो । यो वर्ष पनि भारत शीर्ष स्थानमै छ ।अहिले चीनको जनसङ्ख्या १ अर्ब ४० करोड छ, यो सङ्ख्या गएको वर्षको तुलनामा झन्डै २० लाखले कमी हो । यस्तै भारतको जनसङ्ख्या १ अर्ब ४२ करोड छ ।

चीनमा जन्मदर घटिरहेको र सहरीकरण तीव्ररूपमा बढेको यो तथ्याङ्कबाट थाहा हुन्छ । चीनको जन्मदर प्रति हजारमा ६ दशमलव ३९ प्रतिशतमा झरेको छ ।सन् १९८० देखि २०१५ सम्म विवादास्पद ‘एक सन्तान नीति’ का कारण चीनले गएको वर्ष सन्तान जन्माउन परिवारलाई अनुदान दिने र अन्य नीतिको सहयोग लिएको थियो । यद्दपि यो उपायले पनि खासै असर गरेन । महिलाहरूमा जीवनको गुणस्तर र भविष्यलाई लिएर बढ्दो सचेतताका बीच चीनमा जन्मदर लगातार घटिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू