अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

सरकारी खर्च जोगाउने प्रयास: प्रधानमन्त्रीको सचिवालयबाट १३ जनाको बिदाइ

बिआरटीनेपाल २०८० माघ २ गते ७:५१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट १३ जनालाई बिदाइ गरिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले माघ १ गतेदेखि लागू हुनेगरी १३ जनालाई बिदाइ गरेको हो । बिदाइ गरिएकामा एक स्वकीय उपसचिव, चार स्वकीय सहसचिव, एक स्वकीय शाखा अधिकृत र दुई प्रशासन सहायक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ​

यसैगरी दुई कम्प्युटर सहायक, एक कार्यालय सहायक र दुई सवारी चालक छन् । प्रधानमन्त्री प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा १० पुसमा गरेको सम्बोधनमा सरकारको कार्यशैली बदल्ने भन्दै सुधारको काम प्रधानमन्त्री कार्यालयबाटै शुरू गर्ने बताउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले मन्त्रीका साथै आफ्नो सचिवालयमा समेत व्यापक हेरफेर गर्ने बताउनुभएको थियो । तर, मन्त्री फेर्ने विषय भने अगाडि बढेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय