अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

त्रिविमा माघ १५ देखि अनलाइनबाटै शैक्षिक प्रमाणपत्र पाइने

बिआरटीनेपाल २०८० माघ २ गते ७:४५ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीले दिएको अनलाइन आवेदनका आधारमा शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने भएको छ । मंगलबार परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक सूचनामार्फत माघ १५ गतेदेखि अनलाइनबाट शैक्षिक प्रमाणपत्र उपलब्ध गराइने बताउनुभएको हो ।

सूचनामा ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र त्रुटि सच्याउने कामसमेत अनलाइन आवेदन दिएर गर्न सकिने उल्लेख छ । शुल्कसमेत अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने छ । अनलाइन प्रणालीसम्बन्धी विस्तृत विवरण माघ १० गते वेबसाइटमार्फत सार्वजनिक गरिने परीक्षा नियन्त्रकको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय