अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 09:36

आइसल्याण्डको ग्रिन्डाभिक शहरनजिकै ज्वालामुखी बिष्फोट

बिआरटीनेपाल २०८० माघ १ गते ६:४१ मा प्रकाशित

आइसल्याण्डमा ज्वालामुखी विष्फोट भएको छ । आइसल्याण्डको ग्रिन्डाभिक शहरनजिकै दुईवटा ज्वालामुखी फुटेपछि घरहरूमा आगो लागेको छ । रेक्जेनेस प्रायद्वीपमा रहेको ज्वालामुखी विस्फोटसँगै लाभा यस क्षेत्रको माछा मार्ने शहरमा फैलियो । विष्फोट घातक बन्ने देखिएसँगै शहर पूरै खाली गरिँदै छ ।डिसेम्बरमा विष्फोटपछि बनाइएको प्रतिरक्षाले आंशिक रूपमा लाभाको बहाव थेगिएपनि केही स्थानमा लाभा चुहिएर बहावले शहरको मुख्य सडक अवरुद्ध भएको छ ।

आइतबार साँझ राष्ट्रपति गुड्नी जोहानेसनलले नागरिक सम्बोधन गर्दै संकटका विरुद्ध एकसाथ उभिन आह्वान गर्नुभएको छ । उहाँले स्थिति कावुमा आउने आशा व्यक्त गर्दै धैर्यधारण गर्न आग्रह गर्दै जे पनि हुन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । डिसेम्बरमा ज्वालामुखी विष्फोट हुनुअघि शक्तिशाली भूकम्पको झट्का आएको थियो । योसँगै, ज्वालामुखी केन्द्र वरिपरि लाभा रोक्न पर्खाल बनाइएको थियो । विष्फोटपछि लाभासँगै निष्कने धुँवाले श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू