अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

टुँडिखेलमा माघी मनाउने क्रममा भीडमा च्यापिएर ११ जना घाइते

बिआरटीनेपाल २०८० माघ १ गते ६:२९ मा प्रकाशित

काठमाण्डाैकाे टुँडिखेलमा माघी मनाउने क्रममा भीड अनियन्त्रित भएपछि च्यापिएर ११ जना घाइते भएका छन् । टुँडिखेलको गेटबाट भित्र जाने र बाहिर निस्कने क्रममा अनियन्त्रित भीडमा च्यापिएर उनीहरू घाइते भएका जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिनुभयो । भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।

घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी ढुंगेलले बताउनुभयो । मगर र थारु समुदायका व्यक्तिहरू टुँडिखेलमा माघी मनाउन भेला भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय