अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२ | Colorodo: 10:47

मध्यपूर्वमा जारी युद्धमा ८२ पत्रकार मारिए

बिआरटीनेपाल २०८० पुष २९ गते ६:०४ मा प्रकाशित

इजरायल र हमासबीचको पछिल्लो द्वन्द्व सुरु भएयता मध्यपूर्वमा पत्रकार मारिने क्रम बढेको छ । गत अक्टोबर ७ यता गाजापट्टी, इजरायल र लेबनानमा गरि कम्तिमा ८२ पत्रकार मारिएका छन् । ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ (सिपिजे)का अनुसार हताहत हुनेमा ७५ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी पत्रकार छन् ।

सिपिजे को विज्ञप्तिमा अक्टोबर ७ देखि मारिएका सबै पत्रकारहरूको नाम सूचीबद्ध गरिएको छ । संस्थाका अनुसार सिपिजेले सन् १९९२ मा तथ्याङ्क सङ्कलन गर्न थालेपछि पत्रकारहरूका लागि यो सबैभन्दा घातक अवधि देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू