अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

आलमविरुद्धको मुद्दाको पेसी आज तोकिएन

बिआरटीनेपाल २०८० पुष २९ गते ५:५६ मा प्रकाशित

आज तोकिने भनिएको नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी तोकिएन । जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरु बिदामा रहेका कारण आलमविरुद्धको मुद्दाको पेसी आज नतोकिएको जिल्ला अदालतले जनाएको छ ।सात न्यायाधीहरुमध्ये आइतबार दुई जना न्यायाधीशहरु मात्रै अदालतमा उपस्थित भएकाले आलमविरुद्ध मुद्दाको पेसी स्थगन गर्नुपरेको जिल्ला अदालतको भनाइ छ ।

अदालतमा ७ न्यायाधीशको दरबन्दी भए पनि केही बढुवा र सरुवा र केही बिदा बसेकाले २ जनामात्र उपस्थित हुँदा सुनुवाइ हुन नसकेको बताइएको छ । तर स्रोतका अनुसार मुद्दामा फैसला गर्न जोखिम देखिएकाले अन्य न्यायाधीश बिदामा बसेका बुझिएको छ । सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो ।

गत कात्तिक २२ गते अदालतले सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । त्यसपछि २४ मंसिरभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय