अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०४ | Colorodo: 12:19

चन्द्रागिरिमा सवारी दुर्घटान, ५ जनाको मृत्यु

बिआरटीनेपाल २०८० पुष २८ गते ६:५६ मा प्रकाशित

चन्द्रागिरि नगरपालिका–४, पानीघाटनजिक हिमचुली सेतोपहरामा शनिबार दिउँसो भएको सवारीसाधन दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।र्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिनुभयो ।

काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५०० मिटर तल खसी दुर्घटना भएको थियो । दिउँसो १ः५५ बजेको समयमा भएको दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको थियो ।घटनास्थलमै मृत्यु हुनेमा काठमाडौंको मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौंकै लाजिम्पाटका डा. महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए ।

दुर्घटनामा स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका निम्ति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय