अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

ओलीले हामी सामेल गठबन्धन ध्वस्त बनाउन खोजिरहेका छन् – अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८० पुष २७ गते ७:२१ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सिध्याउन खोजेको आरोप लगाउनुभएको छ । शुक्रबार पार्टीको नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को तेस्रो वार्षिकोत्सव कार्यक्रममा उहाँले ओलीको नाम नलिइ त्यस्तो बताउनुभएको हो । “हामी देखिरहेका छौँ । हामी पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजेका छन्,” नेपालले भन्नुभयो, “हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनीहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्छ ?” अध्यक्ष नेपालले पार्टीमा चुनौती रहेको बताउनुभयो । त्यसैले गठबन्धनमा निर्भर नरहेर आफ्नो शक्ति बलियो बनाउनुपर्ने उहाँको भनाई छ ।

“गठबन्धनमाथि भरोसा गरेर उनीहरूले चुनावमा जिताइदेलान् भन्ने ठानेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो,” नेपालले भन्नुभयो । साथै, उहाँले प्रतिगामी शक्तिले धावा बोलिरहेको बताउनुभयो । व्यवस्थाको पक्षमा उभिने शक्तिहरू शत्रु हुन नसक्ने उहाको भनाई छ । “आज प्रतिगामी तत्वहरूले टाउको उठाइरहेका छन् । फागुन महिनाको डेट अघि सारेर धावा बोलिरहेका छन् । यो व्यवस्था जोगाउने शक्तिहरू कहीँ शत्रु हुन्छन् ?,” नेपनलले प्रश्न थियो, “व्यवस्थाको पक्षमा उभिनेलाई शत्रु बनाइदिने हो भने प्रतिगामी तत्वहरूलाई फाइदा हुन्छ ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय