अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

बिआरटीनेपाल २०८० पुष २७ गते ६:५५ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । उहाँले सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति पौडेल बिहान सिंहदरबार पश्चिम गेट पुगेर माल्यार्पण एवं पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।

आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय