अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

कृषिमा आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ : सभामुख घिमिरे

बिआरटीनेपाल २०८० पुष २७ गते ५:१४ मा प्रकाशित

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास अपेक्षित ढंगले अघि बढ्न नसकेको उल्लेख गर्दै उहाँले त्यसका लागि निजी क्षेत्रले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेस्रो बार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै सभामुख घिमिरेले कृषि सहकारीको माध्यामबाट कृषि क्षेत्रमा लगानी बढाउन र युवाहरुलाई सो पेशामा आकर्षित गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

सभामुख घिमिरेले कुनै बेला कृषिमा आत्मनिर्भर भएको नेपाल आज विदेशिको भर पर्नुपर्ने अवस्था आउनु दुःखद् भएको उल्लेख गर्दै त्यस्तो हुन नदिनका लागि कृषि उत्पादनको वृद्धिका लागि यसको आधुनिकीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको बजारीकरणका लागि नेपालले रैथाने प्रजातिका कृषि उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । सभामुख घिमिरेले युवाहरुलाई वैज्ञानिक ढंगबाट कृषि पेशामा आउनका लागि प्रेरित हुने खालका गतिविधिलाई बढावा दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय