अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

एमाले सुध्रिएको छैन, कम्युनिष्टहरु मिल्नुपर्छ भन्नुको अर्थ छैन -अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८० पुष २५ गते ५:५६ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी राष्ट्रियसभाको निर्वाचनमा एमालेले आफ्नो पार्टीलाई शून्यमा झार्ने प्रयास गरेको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ल कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा नेकपा समाजवादीलाई पाखा लगाएर सिटको बाँडफाँट गर्ने प्रयास केपी ओलीले गरेको आरोप समेत लगाउनुभयो।

प्रचण्डसँग भेटेर ओलीले एमालेलाई ६ सिट मागेको नेपालले बताउनुभयो । उहाँले एमालेको मति अझै सुध्रन नरहेको भन्दै कम्युनिष्टहरु मिल्नु मात्रै भनेर नहुने तर्क गर्नुभयो । अध्यक्ष नेपालले अर्थतन्त्र सुधार लगायतका समस्या समाधान गर्दै मुलुकलाई अघि बढाउन प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिएको जिकिर गर्नुभयो। उहाँले काम गर्ने मुख्य भूमिका रहेकाले प्रधानमन्त्रीले सुझावका आधारमा सुधारका काम गर्न सक्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष नेपालले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने भन्दै यसप्रतिको आघात स्वीकार्य नहुने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय