अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

माओवादी स्थायी कमिटी बैठक आव्हान

बिआरटीनेपाल २०८० पुष २५ गते ५:४६ मा प्रकाशित

माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । विधान मस्यौदा, कार्यविभाजन र अभियानको समिक्षा गर्न बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बैठक २८ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उहाँले जानकारी दिनुभयो ।

‘मुख्य एजेण्डा विधान मस्यौदाबारे छलफल गर्ने रहेको छ । त्यसको साथसाथै अभियानको समिक्षा र आवश्यकताअनुसार कार्यविभाजन पनि हुन्छ’, ढकालले भन्नुभयो। फागुनको पहिलो साता हुन लागिएको विधान अधिवेशनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो । समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय