अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 13:08

लगातार तेस्रो दिन शेयर बजार बढ्यो, ५ अर्ब १३ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८० पुष २५ गते ५:१६ मा प्रकाशित

लगातार तेस्राे दिन आज पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ विन्दुमा पुगेको छ । आज बैंकिङ, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर घटेको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त, हिमालयन रि इन्सुरेन्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार  बढेको दिन आज  छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६/८७ को शेयर झन्डै छ प्रतिशतले घटेको छ ।

आज एक करोड ३४ लाख ७७ हजार कित्ता शेयर पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३२ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू