अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४
| Colorodo: 00:19
एयरबस ३२० जहाजमा प्राविधिक समस्या देखिँदा काठमाडौं–बैंकक उडानको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ । यसले १५० जना यात्रुको यात्रा प्रभावित बनेको छ । बोर्डिङ पास पूरा भइसकेको अवस्थामा हाइड्रोलिकमा समस्या आएपछि प्राविधिकहरुले जहाजको जाँच गरिरहेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।
‘३ घण्टामा बनिसक्छ भन्ने प्राविधिकको कुरा आएपछि हामीले यसै जहाजबाट यात्रुलाई बैंकक लैजाने योजनामा छौं,’ उहाँले भन्नुभयो, ‘जहाज सो अवधिमा पनि बनेन भने अर्को विकल्पमा यात्रुलाई उडान व्यवस्थापन गर्छौं ।’ उडान नम्बर आरए ४०१ रहेको यो जहाजबाट १५० यात्रु थाइल्याण्ड जान टिकट काटेका थिए । विकल्पमा अर्को जहाज उपलब्ध गर्न नसके निगमले यी यात्रुलाई होटलमा राख्नु पर्छ । जसले निगमलाई ठूलो आर्थिक भार थप्छ ।
