अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१९ | Colorodo: 14:34

डिभिजन वन अधिकृतविरुद्ध एक करोड २५ लाखको भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०८० पुष २३ गते ६:४५ मा प्रकाशित

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक करोड २५ लाख बढी भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत ९अधिकृत दशौं तह० विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले डिभिजन वन अधिकृत दीर्घ नारायण कोइरालाले एक करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरेको जानकारी दिनुभयो।

उनीविरुद्ध गैरकानुनी सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा कोइरालाले भ्रष्टाचार गरेको पुष्टि हुन आएका अख्तियारको ठहर छ। अख्तियारका अनुसार कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ साल जेठ २ गतेदेखि २०७८ फागुन १२ गतेसम्ममा गरेको आम्दानी तथा खर्चको विश्लेषण गर्दा एक करोड २५ लाख ९६ हजार रुपैयाँ बढी देखिएको हो।

सेवा अवधिमा पारिश्रमिक बचत, भत्ता बचत रकम, घर जग्गा बिक्री, जिवन बिमा परिपक्क भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, शेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र निजको छोरीको वचत रकमसमेत गरी जम्मा ८१,८६,९९६।३१ ९ रुपैयाँ आर्जन गरेको, सोही जाँच अवधिमा निजको व्यय ९खर्च तथा लगानी० तर्फ घर निर्माण, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, शेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगानी रकम, सामाजिक ब्यवहार खर्च, विद्युतीय उपकरण खरिदबापतको रकम र बैंक मौज्दातसमेत गरी जम्मा रु।२,०७,८३,३४९।८५ ९दुई करोड सात लाख त्रियासी हजार तीन सय उनान्पचास रुपैयाँ खर्च तथा लगानी गरेको देखिँदा निजको वैध आय ८१,८६,९९६।३१ को अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानी २,०७,८३,३४९।८५ देखिँदा आयभन्दा बढी भएको रु। १,२५,९६,३५३।५५ ९एक करोड पच्चीस लाख छयानब्बे हजार तीन सय त्रिपन्न रूपैंया पचपन्न पैसा० बरावरको सम्पत्ति स्रोत नखुली निजको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएको हुँदा सार्वनजिक पद धारण गरेका निज दीर्घ नारायण कोईरालाले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २०९१० बमोजिम गैरकानूनी रुपमा सम्पत्ति आर्जन सम्बन्धी कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो १,२५,९६,३५३।५५ ९एक करोड पच्चीस लाख छयानब्बे हजार तीन सय त्रिपन्न रूपैयाँ पचपन्न पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ग¸ दफा ३ र दफा २९ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २०९२० अनुसार विगो बमोजिम जरिवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ ९ख बमोजिम बिगो जफतरअसुल उपर गरी पाउन मागदावी लिइएको छ,ुअख्तियारको विज्ञप्तिमा जारी छ।

साथै कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता पौडेल कोइरालासमेतको नाममा जग्गा खरिद,निजको नाममा दर्ता कायम रहेको जग्गामा घर निर्माण तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मुल्य बराबरको श्रोत नखुलेको सम्पत्तिमध्येबाटो विगो र जरिवाना जफत गर्न समेत माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय