अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलाे ३ सय ग्राम सुन बरामद

बिआरटीनेपाल २०८० पुष २२ गते ५:२८ मा प्रकाशित

हरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक जना महिलालाई पक्राउ गरेको छ ।

गएराति फ्लाई दुबईको उडानबाट काठमाण्डौ आएकी श्रीलङ्काली नागरिक ५४ वर्षीया कान्थी माथी कावस्करलाई सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । ती महिलाले भित्री वस्त्रमा सुन लुकाएर ल्याएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय