अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य नगर्ने सत्ता गठबन्धनमा समझदारी

बिआरटीनेपाल २०८० पुष २१ गते ५:३५ मा प्रकाशित

सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले राष्ट्रियसभा चुनाव हुने सिटमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर चुनाव लड्ने समझदारी गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको छ ।

‘अहिले त्यो विषय ९एमालेसँग सहकार्यको० छैन, गठबन्धनकैबीचमा सिटको बाँडफाँट हुन्छ’, लेखकले भन्नुभयो, ‘गठबन्धन र सरकारमा सहभागी दलले नै चुनाव लड्छ ।’बृहत लोकतान्त्रिक धारणाका साथ राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि अहिले सम्भव नभएको नेता लेखकले बताउनुभयो । ‘अहिले प्रमुख प्रतिपक्षले पनि १९ सिटमै चुनाव लड्ने निर्णय गरेको अवस्था भएको हुनाले सत्ता गठबन्धनले पनि गठबन्धनबाटै चुनाव लड्छ’, उलेखकले भन्नुभयो ।

सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि शनिबार नै आवश्यक छलफल हुने भएको छ । दिउँसो ४ बजे देखि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच छलफल भईरहेको र त्यसपछि सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका अरु दलहरुको पनि छलफल हुने नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय