अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३
| Colorodo: 11:28
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाउनुभएको छ । आज शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले याे मुद्दामा मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । याे फैसलाकाे पूर्णपाठ आउन बाँकी छ ।
२०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएकाे माओवादी कार्यकर्ताकाे भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षड्यन्त्र भएकाे बताउनुभएकाे थियाे । यही अभिव्यक्तिलाई लिएर २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
