अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

बुढीगण्डकी जलविद्युत आयोजनालाई तत्काल अगाडि बढाउनुपर्छ : अध्यक्ष मल्ल

बिआरटीनेपाल २०८० पुष २० गते ५:३३ मा प्रकाशित

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडि बढाउनुपर्ने बताउनुभएको छ । गोरखा चेम्बर अफ कमर्सले आज गोरखामा आयोजना गरेको कृषि, पर्यटन तथा व्यपार प्रर्वद्धन मेलालाई सम्वोधन गर्दै मल्लले बुढीगण्डकी आयोजना सार्वजनिक निजी साझेदारीमा अघि बढाउनु पर्ने बताउनुभयो ।

भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएकाले बुढीगण्डकी आयोजनालाई तत्काल अघि बढाउनुपर्ने भन्दै उहाँले विद्युत निर्यातबाट भारतसंगको ब्यापार घाटा कम गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय