अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

नेपाली माटो र नेपाली बाटो समातेर अघि बढ्न पूर्वराजा शाहको आग्रह

बिआरटीनेपाल २०८० पुष १९ गते ६:०६ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली माटो र नेपाली बाटो समातेर अघि आग्रह गर्नुभएको छ । बिहीबार रुपन्देहीको भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले द्वन्द्व, विग्रह र विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिँड्नुपर्ने बताउनुभएको हो ।

शाहले भन्नुभयो, ‘हामी मात्र ठीक अरु बेठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिडौँ। हामी सबैको भविष्य, सुख शान्ति यसैमा छ।’ उहाँले अब सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार पारेर देश बनाउनुपर्ने धारणा राख्नुभयो। ‘त्यसैले म भन्दछु, आउँ अब हामी सबै एकै ठाउँमा उभियौँ अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौँ। देश हामीले नै बनाउने हो – हाम्रै श्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो,’ शाहले भन्नुभयो ।

उहाँले नेपालको अस्तित्वमाथि खिया लाग्दै गइरहेको बताउनुभयो। पूर्वराजा शाहले भन्नुभयो,’हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नु पर्दा हाम्रो राष्ट्रकोअस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ – हामी झन् परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौँ। हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय