अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

ओलीको प्रस्तावले गठबन्धन बैठक निष्कर्षविहीन, ९ सिटको छिनोफानो भोलि हुने

बिआरटीनेपाल २०८० पुष १८ गते ८:२६ मा प्रकाशित

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफूहरूलाई समेत सहभागी गराउन प्रस्ताव गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग उक्त प्रस्ताव गरेको बताउनुभयो।’ओलीजीले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रियसभा निर्वाचनमा आफूहरूलाई जीरो नबनाउने प्रस्ताव गर्नुभएको छ। सोही विषयमा गठबन्धन अझ प्रस्ट हुन खोजेको हो। ओलीजीले ठ्याक्कै के माग गर्नुभएको हो, उहाँहरूको माग थाहा भएपछि भोलिको बैठकमा छलफल हुन्छ’, उहाँले भन्नुभयो ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेका ९ सिट रिक्त हुँदैछ। एमालेले ठ्याक्कै कति सिटका लागि लबिङ गरेको भन्ने नखुलेको गठबन्धनका नेताहरूले बताएका छन्। ुएमालेले ९ सिटकै लागि प्रस्ताव गरेको हो वा कति सिटका लागि गरेको हो। त्यो खुलेको छैन,ु नेता पाण्डेले भन्नुभयो। बाँकी सिटमा स्पष्ट भए पनि ९ सिटमा के गर्ने विषयमा टुंगो पुग्न नसकेको पाण्डेको भनाइ छ। ु९ सिटको टुंगो लाग्न सकेको छैन। एमालेसँग क्लियर कुरा आएपछि त्यो पनि टुंगो लाग्ने छ,ु उहाँले थप्नुभयो ।

त्यस्तै बैठकमा बिहीबार नेपाल-भारत संयुक्त आयोगको बैठकमा लैजाने एजेण्डाका विषयमा छलफल भएको थियो। पाण्डेका अनुसार नेपाल र भारतबीच विभिन्न मुद्दाहरू भएको र त्यसलाई कसरी एजेण्डाका रूपमा लैजाने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय