अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

प्रतिस्पर्धामा अब्बल हुन टेलिकमका व्यवस्थापकलाई सञ्चारमन्त्री शर्माको निर्देशन

बिआरटीनेपाल २०८० पुष १८ गते ८:१८ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम केन्द्रीय समितिको १७ औँ वार्षिकोत्सवमा मन्त्री शर्माले जनताको विश्वास जित्ने काम गर्न कडा मेहनतको आवश्यकता रहेको भन्दै संस्थाले नाफा बढाएमा देशको आर्थिक समृद्धिका साथै कर्मचारीको सेवा सुविधा वृद्धिमा पनि योगदान पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

दूरसञ्चार ऐन, २०५३ संशोधनको गृहकार्य भइरहेको भन्दै उहाँले टेलिकम नियमावलीलाई समसामयिक बनाइने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय