अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

विपिन जोशीको जीवन रक्षा गर्न सभामुखको अपिल

बिआरटीनेपाल २०८० पुष १८ गते ८:१४ मा प्रकाशित

सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवन रक्षा र सकुशल रिहाइका लागि अपिल गर्नुभएको छ । नेपालका लागि इजरायली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरबारमा बुधवार भएको भेटमा सभामुख घिमिरेले विपिन निर्दोष रहेको बताउँदै सकुशल रिहाइका लागि अपिल गर्नुभएको हो ।

‘नेपालको संसद् र मेरो व्यक्तिगत अपिल पनि के छ भने जोशीको सकुशल रिहाइ हुनुपर्छ,’ सभामुख घिमिरेले राजदूतसँग भन्नुभयो । सभामुख घिमिरेले प्रतिनिधि सभामा विपिनको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरू इजरायलमा शीघ्र शान्तिको पक्षमा रहेको पनि बताउनुभयो । हमासले युद्धमा सामेल नभएका इजरायली र विदेशी गरी दर्जनौँ मुक्त गर्दा पनि विपिनलाई बन्धक नै बनाएको छ । गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धक मुक्त नहुनु दुःखद रहेको बताउनुभयो ।

उहाँले विपिन व्यक्तिगत रुपमा पनि परिचित रहेको उल्लेख गर्दै उनको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी दिनुभयो। राजदूत गोल्डवेरगरले विपिनको जीवनरक्षाबारे संसदीय समितिले ‘नोट’ जारी गरेको स्मरण गर्दै संसदबाट पनि सङ्कल्प प्रस्ताव पारित गरे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट हुने धारणा राख्नुभयो। भेटमा दुई मुलुकबिचको सम्बन्ध, कृषि प्रवद्र्धन कार्यक्रम लगायतका विषयमा पनि छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय